२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

३० कात्तिक, काठमाडाैं । चालु आवको पहिलाे तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा नेपालमा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा ३५ दशमलब ४ प्रतिशतले बढी हो ।

असोज मसान्तसम्म नेपालमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा भने १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १३:१२