२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

ग्लोबल आइएमई बैंकको साधारणसभा भोलि, लाभांश प्रस्ताव पारित हुने

२५ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको साधारणसभा भोलि कात्तिक २६ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। बैंकको उन्नाइसौं वार्षिक साधारणसभा भोलि बिहान १० बजे बस्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन सहितको गत आर्थिक वर्ष (आव) को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ।

साथै बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड समेतको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गरिसकेकाे थियाे । यसकाे अर्थ कात्तिक १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 11, 2025 at 2:15 pm