२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

गाजामा युद्धविराम कायम राख्न आत्यावश्यकः डब्लुएचओ

२० कात्तिक, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवाश्यक रहेको बताउनु भएको छ ।

आगामी हप्ता, डब्ल्यूएचओ, युनिसेफ र युएनआरडब्लुएले गाजाका करीव ४४ हजार बालबालिकाका लागि नियमित खोप, पोषण, उपचार, र वृद्धि अनुगमन गर्न सुरु गर्ने उल्लेख गर्दै उहाँले यसको लागी युद्धविराम अवाश्यक रहेको सामाजिक सञ्जाल एक्स मार्फत औल्याउनु भएको हो । उहाँका अनुसार गाजा पट्टीका बालबालीकाहरु करीव दुई वर्षदेखि जीवन बचाउने आधारभुत स्वास्थ्य सेवाबाट बन्चित रहेका छन् ।

उनीहरुलाई स्वास्थ सेवा प्रवाह गर्न डब्ल्यूएचओले २० वटा क्षतिग्रस्त तथा नष्ट भएका स्वास्थ्य सुविधाहरूको पुनःस्थापना गरी सेवा वितरण केन्द्रहरूको सङ्ख्या विस्तार गर्दै स्वास्थ्य पूर्वाधार पुनस्र्थापना गर्ने प्रयास गरी रहेको उहाँले बताउनु भएको छ ।

डा. टेड्रोस एड्हानोम गेब्रेयससले “युद्धविराम सफलताका लागि मात्र आवश्यक नभइ गाजाको स्वास्थ्य प्रणालीमा सुधार ल्याउनका लागि पनि शान्ति र स्थायित्व सबैभन्दा उत्तम उपाय भएको उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति : November 6, 2025 at 1:25 pm