कतिमा भयो दरमखोला हाइड्रोको पहिलो कारोबार ?
२० कात्तिक, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा यस दिन कम्पनीको सेयर प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।
बुधबार कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १०:५१













