२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

२० कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्म बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्म बैंकको यस्तो आन्दानी ४ अर्ब १४ करोड २ लाख रुपैयाँ रहेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ

यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९७ पैसा, प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार ०९:३४