२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान

१९ कात्तिक, काठमाडाैं । बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएका शेर्पालाई मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।

बुधबार अदालतमा उपस्थित गराइएको र सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताउनुभयाे । बहुविवाहको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:३०