२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा

१८ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।

तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो। प्रहरीले बोलाएपछि ८ जना आफैं उपस्थित भएका हुन् ।

आफैं उपस्थित हुनेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार छन्।

यस्तै, महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीइ प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १४:३४