२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

दानबहादुर कार्कीसहितका प्रहरी अधिकृतलाई उपत्यका छाड्न प्रतिबन्ध

१८ कात्तिक, काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविनका लागि गठित जाँचबुझ आयोगले काठमाडौँ उपत्यका प्रहरी कार्यालय र त्यस मातहतका सबै कार्यालयका इन्जार्जहरूलाई काठमाडौँ उपत्यका छाड्न प्रतिबन्ध लगाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की रहनुभएको थियो ।

आयोगमा कुनै पनि समयमा उनीहरूलाई वयानका लागि बोलाउनुपर्ने भएकाले काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन भन्दै आयोगले निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई पत्र नै लेखेर उपत्यका नछाड्न निर्देशन दिएको छ ।

यसअघि जाँचबुझ आयोगमा कार्कीको विरूद्धमा लामो उजुरी पनि परेको थियो । कार्की रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने र आफू प्रहरी महानिरीक्षक बन्ने योजनाका साथि जेलमा रहेका कैदी छुटाउनेदेखि चौकी छाड्न प्रहरीलाई निर्देशन दिनेसम्मको काममा सहभागी भएको भन्दै उजुरीमा छानविन गरेर कारबाही गर्न माग गरिएको छ ।

dainiki.com

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको थियो । जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएपछि सोमबार प्रहरी प्रधान कार्यालयले मातहतको कार्यालयमा पत्राचार गरेको छ । जेन–जी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर भदौ २३ मा २२ जना युवा विद्यार्थीको ज्यान गएको थियो । ज्यान जानेहरूको टाउको र छातीमा गोली प्रहार भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:०४