सिक्लेस हाइड्रोपावरको अध्यक्षमा किरण केसी नियुक्त
१६ कात्तिक, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त हुनुभएको छ । कम्पनीका तत्कालिन अध्यक्ष प्रेम कुमारी केसीले दिएको राजिनामा स्वीकृत गरी नयाँ अध्यक्षमा किरण केसीलाई नियुक्त गरिएको छ ।
कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ११:०४










