२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

साउथ अष्ट्रेलियाको संसदमा देउसी र स्वस्ति वाचन

एडिलेड । नेपालीहरुको संख्या बढे संगै विभिन्न देशहरुका सरकार तथा दलहरुका प्राथमिकतामा पर्न थालेको छन् नेपाली पर्वहरु ।

यसै क्रममा विजया दशमी तथा तिहारको उपलक्ष्यमा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक मन्त्री जो वेटीसनले संसद भवनमा एक विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।

गत बर्षहरुमा दशै विशेष कार्यक्रम हुने गरेकोमा यस बर्ष तिहार समेत जोडेर कार्यक्रम आयोजना गरिएको थियो । विगतमा दिवालीलाई मनाउदै आएको सरकारले  छुट्टै नेपाली सुमुदाय संग तिहार मनाउन शुरु गरेको छ ।

संसद भवनमा रहेको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोले नेपालीहरु विशेष रहेको र त्यसमा गर्व गर्न आग्रह गर्नु भयो । उहाले समय समयमा नेपालीहरुले सास्कृतिक कार्यक्रमहरुमा निमन्त्रणा गर्ने गरेकोमा आज आफुले संगै बसेर मनाउन दशै र दिपावली विशेष कार्यक्रम आयोजना गरेको बताउनु भयो 

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले दशै तिहार बारेमा जानकारी गराउनु भएको थियो । उहाले नेपाली समुदायका पर्वहरुलाई महत्व दिदै कार्यक्रम आयोजना गरिएकोमा सरकारलाई धन्यवाद दिनु भएको थियो ।

यसै गरी अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै रितिशा दहालले दशै तिहार माथी प्रकाश पार्नु भएको थियो । भने   पण्डित शास्त्री संभव सुवेदी स्वस्तिवाचन गरेर पुजा गर्नु भएको थियो ।

पण्डित सुवेदीले सहभागीहरुलाई टिका प्रसाद लगाईदिनु भएको थियो । कलाकार क्षितिज सापकोटाको नेतृत्वमा देउसी भैलौ भट्याउदा सभाहल नेपालमय भएको थियो । कार्यक्रममा विशेष जलपानको व्यवस्था समेत गरिएको थियो ।

एडिलेडमा रहेका नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संसद सदस्य जेन स्टिन्सनले गर्नु भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०४:०९