२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एनएमबि बैंकको सेवा अवरुद्ध हुने, यस्तो छ कारण

१२ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै कार्ड प्रणाली मर्मतका कारण केही समयका लागि आफ्नो कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको हो ।

बैंकका अनुसार कात्तिक १४ गते शुक्रबार साँझ ८ः०० बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ः०० बजे बैंकका कार्ड, एटीएम, पीओएस र ई–कमर्स सेवा अस्थायी रूपमा बन्द हुने छन् ।

बैंकले असुविधाको लागि क्षमायाचना गर्दै यस अवधिमा ग्राहकहरूलाई मोबाइल बैंकिङ लगायतका वैकल्पिक भुक्तानी माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:३२