प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१० कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब उक्त सेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : October 27, 2025 at 11:43 am










