२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

रुपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ

४ कात्तिक, रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै रु साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर–६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्ली बस्ने ४८ वर्षीय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षिय पवन अली र ३८ वर्षिय साहिद मलिकलाई सामानसहित पक्राउ गरिएको छ ।

प्रकाशित मिति : October 21, 2025 at 12:02 pm