२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश

३१ असोज, काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १३:४७