२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

जेनजीको नाममा कर्मचारी धम्क्याउने ठग अर्जुनबहादुर शाही पक्राउ

२९ असोज, काठमाडौं । कर्मचारीलाई ‘जेन–जी’ भन्दै धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीमाथि आएका गुनासोका आधारमा उनलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको हो।

प्रहरीका अनुसार, शाहीका गतिविधिबारे विभिन्न कार्यालयबाट उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो । जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने बहानामा उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमलगायतका कार्यालयका प्रमुख र कर्मचारीलाई भेटेर धम्क्याउने र राजीनामा माग्ने गरेको आरोप छ।

dainiki.com

प्रारम्भिक अनुसन्धानमा शाही पहिले नै वैदेशिक रोजगारीसम्बन्धी ठगी र बैंकिङ कसुरका मुद्दामा पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनलाई यसअघि २०८२ साल वैशाख २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारसम्बन्धी आरोपमा पक्राउ गरेको थियो। शाही २०७९ सालमा इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले त्यतिबेला ५५ मत प्राप्त गरेका थिए। उनी माथि कुखुरा र बाख्रा चोरेको पनि आरोप छ ।

प्रकाशित मिति : October 15, 2025 at 9:18 pm