२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

रिलायन्स फाइनान्सको धादिङवेसी शाखा उद्घाटन

२९ असाेज, काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडको गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङवेसीमा स्थानान्तरण गरेको धादिङ शाखा कार्यालयको उद्घाटन गरिएको छ । शाखाको रिलायन्स फाइनान्स लि. का अध्यक्ष कुश प्रसाद मल्लीले उद्घाटन गरेका हुन् ।

नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरि मिति २०६६/०८/१८ बाट संचालनमा आएको यस संस्थाको का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय संचालन गरेको छ । संस्थाले न्यूरोड काठमाडौं, सितापाईला काठमाडौं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ०९:३२