कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ
२८ असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उहाँले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम वहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।
बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १३:४५












