१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

छुट्ला है ! सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेड को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । बैंकले आगामी कात्तिक २ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो २१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : October 12, 2025 at 9:16 am