३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

नुवाकोट बेलकोटगढीका श्याम ढुंगाना काठमाडौंको तारकेश्वरबाट पक्राउ

२३ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ बस्ने वर्ष २१ को लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ का वर्ष ३९ को श्याम ढुंगाना रहेका छन्।

संरक्षित वन्यजन्तु सालकको खपटा तथा छाला बिक्री गर्न हिँडेका उनीहरूलाई काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर चोकबाट प्रहरीले पक्राउ गरेकाे हाे । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ।

दुवैजनालाई कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १७:३५