४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

छुट्ला है ! एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ असोज, काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २४ गते बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले आगामी कात्तिक १२ गते बुधबार काठमाडाैंकाे भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : 09:10