४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

२१ असाेज, काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका–४ घर भई पोखरा बस्ने २२ वर्षीय संजोक थापा  रहेका छन् ।

गत भदौ १२ गते राति पोखरा–६ सहिदचोकस्थित मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अनुसन्धान क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको एनआइएमबी बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको समेत खुलेको छ। पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 13:50