मौसम प्रतिकुलताले आन्तरिक उडान प्रभावित, ६ वटा विमानस्थलमा समस्या
१८ असोज, काठमाडौँ । मौसम प्रतिकुलताका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका ६ वटा विमानस्थल प्रभावित बनेको छ । सो विमानस्थलबाट हुने आन्तरिक हवाइ उडान समेन प्रभावित बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थितको आन्तरिक टर्मिनल कार्यालयका अनुसार भैरहवा, भद्रपुर, लुक्ला, नेपालगन्ज र बिराटनगर विमानस्थलबाट उडान प्रभवित भएको छ । काठमाडौँका लागि उडेका जहाज काठमाडौँ बाहिरै रोकिएका छन ।

कार्यालयका अनुसार यतिको एउटा जहाज भद्रपुरमा, सीताका दुईटा जहाज लुक्लामा, श्रीको एउटा जहाज बिराटनगरमा श्रीको एउटा जहाज भैरहवामा, बुद्ध एयरका तीनवटा जहाज भद्रपुर, भैरहवा, नेपालगन्जमा पुगेर रोकिएका छन ।
यति एयरलाइन्सको एउटा जाहाज पोखरा डाइभर्ट भएको छ भने अहिलेसम्म त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द भएको छ । कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म विमानस्थल बन्द रहनेछ । मौसम अनुकुल नहुँदासम्म उडान नहुने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार १३:१९












