२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

दुर्गा मन्दिर धनगढीमाइमा समृद्धि फाइनान्सद्वारा निःशुल्क पानी र जुस वितरण

७ असाेज, काठमाडौं । दशैंको अवसरमा धनगढीमाइ–०८, कसाहा स्थित दुर्गा मन्दिरमा श्रद्धालु भक्तजनहरूलाई समृद्धि फाइनान्स , कसाहा शाखाले निःशुल्क पानी र फ्रुटी (जुस) वितरण गर्नुका साथै विजया दशमीको शुभकामना आदानप्रदान गरेको छ।

असोज ६ गते, दुर्गा मन्दिरमा भव्य कलश शोभा यात्रा आयोजना गरिएको थियो भने दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा देवी टोकी दहबाट जल भरेर ग्रामपरिक्रमा गर्दै पुनः मन्दिर परिसरमै फर्किएको थियो।


यस यात्रामा धनगढीमाइ नगरपालिका वडा नम्बर ६, ७ र ८ का ५०० भन्दा बढी भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
समाजप्रति उत्तरदायी रहँदै समृद्धि फाइनान्सले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ। हाल देशभरका १३ वटा शाखामार्फत समृद्धि फाइनान्सले इसीसी, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, आइपिएस, आरटीजीएस लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १७:३९