१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

नेपाल एसबीआई मर्चेण्ट बैंकिङले बोलायो साधारण सभा, लाभांश पारित गरिने

६ असोज, काठमाडौं। नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले असोज २७ गते काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : September 22, 2025 at 10:13 am