१३ कम्पनीको सेयर मूल्यमा सकारात्मक, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
५ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से १११.७० अंकले बढेर २६२३.६२ को बिन्दुमा बन्द भएको छ । आइतबार विभिन्न ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार कुल १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाएनान्स, शिभम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने ३ कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १५:१८












