कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
३ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।
सेयरको बिक्रीमूल्य भने सेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। साथै तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : September 19, 2025 at 10:07 am









