२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एनआईसी एशिया बैंकको ऋणपत्रको सूचीकरण खारेज

३ असोज, काठमाडौं। एनआईसी एशिया बैंकद्वारा जारी ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बैंकको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३ ’को सूचीकरण खारेज भएको हो ।

बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ७ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य रु १ हजार दरको १८ लाख ३० हजार कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो । सो ऋणपत्र असोज ३ गते परिपक्व भएकाले असोज २ गतेको कारोबारपश्चात सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ०९:०७