आज सार्वजनिक बिदामा पनि यी बैंक छन् खुला
१ असोज, काठमाडौं । सरकारले जेन जी आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदामा सेयर बजार, बैंक तथा वित्तीय संस्था,सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहेका छन् । तर, सार्वजनिक बिदामा पनि अधिकांश वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले ग्राहकका सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेको जनाएका छन् ।
बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गरेको जनाएका छन् । केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरेका छन् ।





प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ११:३०












