१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

ढुक्क भएर नेपालमा लगानी गर्न राजदूतको आग्रह

१० चैत, काठमाडौं । चिनको बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार आयोजना गरेको एक कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उहाँले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गर्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : March 24, 2018 at 4:52 pm