जेनजीको प्रदर्शनमा मृत्यु हुनेकाे संख्या १० पुग्यो
२३ भदौ, काठमाडौँ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये २ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:४७










