३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, न्यूनतम मूल्य कति ?

१३ फागुन, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर अब सर्वसाधारण व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

कम्पनीले यसअघि  विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौँको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : February 25, 2026 at 10:04 am