चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनमा संशोधन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनमा संशोधन गर्ने भएको हो।
‘बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायि चालुपूँजी कर्जाको अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ , ‘ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नु पर्ने व्यवस्था मिलाइनेछ।’
प्रकाशित मिति : February 25, 2026 at 9:53 am









