६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रभु बैंकको ९ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२३ भदौ, काठमाडौं । प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ३१ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि  आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : September 8, 2025 at 10:26 am