२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

छुट्ला है ! बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ भदौ, काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि  सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज न्तिम दिन हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०९:०९