१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

द एज व्यान्ड २२ सेप्टेम्बरमा एडिलेडमा लाइभ कन्सर्ट गर्ने

एडिलेड । नेपाली संगीत जगतको चर्चित नाम द एज व्यान्ड आउँदो २२ सेप्टेम्बर २०२५, सोमबार का दिन एडिलेडमा आफ्नो बहुप्रतिक्षित लाइभ प्रस्तुति दिने भएको छ। कार्यक्रम वुडभिल टाउन हलमा आयोजना हुनेछ। भने यसको सफल आयोजना एक्स्ट्रिमइभेन्टले गर्दैछ।

सन् १९९८ मा पोखरामा स्थापना भएको द एज व्यान्ड नेपाली आधुनिक संगीत क्षेत्रमा निकै स्थापित नाम हो। जीवनका भावनात्मक अनुभव, प्रेमका संवेदना र सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने यो व्यान्डका गीतहरूले नेपाली संगीत प्रेमीहरूको मन जितेका छन्।

“नमस्ते”, “माया मार्छु तिमीलाई”, “सैलुङेबाट”, “म यो धडकन”, “मिठो तिम्रो सम्झना” जस्ता चर्चित गीतहरूले यो समूहलाई देशमै मात्र होइन, विदेशमा रहेका नेपाली समुदायमा पनि निकै लोकप्रिय बनाएको छ।

विश्वका विभिन्न मुलुकमा लाइभ कन्सर्ट गरेर द एज व्यान्ड ले आफ्नो पहिचान फैलाइसकेको छ र जहाँ गए पनि नेपाली समुदायबीच ठूलो आकर्षण पाउने गरेको छ।

एडिलेडमा हुन लागेको कन्सर्टलाई यहाँको नेपाली समुदायले उत्साहपूर्वक स्वागत गर्ने अपेक्षा गरिएको आयोजक एक्स्ट्रिमका निर्देशक राजेश अधिकारीले बताए । विशेषगरी विदेशमा रहेका नेपालीहरूले आफ्ना मनपर्ने कलाकारलाई प्रत्यक्ष सुन्ने अवसर पाउँदा आपसी भेटघाट र सांस्कृतिक अनुभव साझा गर्ने अवसर समेत मिल्ने भएकाले पनि नेपाली समुदायले लोकप्रिय व्यान्डहरुका आउदा भव्य स्वागत गर्ने गरेको बताए ।

निर्देशक अधिकारीका  अनुसार, कार्यक्रममा व्यान्डले आफ्ना पुराना चर्चित गीतहरूसँगै केही नयाँ प्रस्तुति पनि गर्नेछ। यसले पुराना सम्झनाहरूलाई ताजा बनाउने र नयाँ ऊर्जाको अनुभव दिनेछ।

आयोजकहरुले नेपाली संगीतलाई मन पराउने सबैलाई कार्यक्रममा सहभागी भई द एज व्यान्ड को लाइभ प्रस्तुति अविस्मरणीय बनाउन आयोजकले आग्रह गरेका छन्।

प्रकाशित मिति : September 2, 2025 at 4:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/