२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सूर्योदय वोमी लघुवित्तको ३४ हजार कित्ता सेयर बिक्रीमा

१६ भदाै, काठमाडाैं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:२१