प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
१३ भदौ, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो ।
खापुङलाई १९ गतेदेखि लागू हुने गरी महानिरीक्षक नियुक्त गरिएको हो । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १२:४१












