१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नाघ्यो

१३ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख नाघेको छ। सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ १२ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १०:५५