‘बा’ ब्राण्डिङमा एमालेको अर्को छलाङ, ओलीलाई अग्लो देखाउन पोस्टरबाट हट्यो जबज
११ भदौ, काठमाडौँ । ‘बा’ ब्राण्डिङमा लागेको सत्तारूढ पार्टी नेकपा (एमाले)ले पोस्टर प्रचारमा अर्को छलाङ मारेको छ । पार्टीका आधिकारिक व्यानर पोस्टरहरूमा केपी शर्मा ओली बाहेकको तस्बिर नराख्न उर्दी जारी गरेको ठ्याक्कै दुई वर्षपछि एमालेले केन्द्रीय प्रचार विभाग मार्फत कार्यान्वयनमा छलाङ हानेको एक सातापछि पोस्टरबाट जनताको बहुदलीय जनवाद (जबज) समेत हटाएको छ ।
संस्थापक महासचिव भएका कारण पुष्पलाल जनताको बहुदलीय जनवादका प्रणेता भएका कारण जननेता मदनकुमार भण्डारी र दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्राधानमन्त्री भएका कारण मनोहन अधिकारीको तस्बिर हरेक पोष्टरमा एमालेले राख्दै आएको थियो । एमालेले उक्त तस्बिर हटाएर पोस्टर सार्वजनिक गरेपछि चौतर्फी बिरोध भएको थियो ।
दैनिकीले ‘बा’ ब्राण्डिङमा एमालेको छलाङ, ओलीलाई अग्लो देखाउन पुष्पलाल, मदन र मनमोहन गायब शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको एक सातापछि अग्रजहरूको तस्बिर फर्काएको एमालेले जबजलाई विदा दिएको छ ।

बुधबार एमाले महासचिव शंकर पोखरेलले विधान महाधिवेशन आउन ९ दिन बाँकी रहेको जानकारी दिने पोस्टरमा अग्रज नेताहरूको तस्बिर राखेर जबज भने हटाइएको छ । एमालेले दोस्रो विधान महाधिवेशनबाट जबजको बाटो छाडेर ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई आफ्नो मुल नीति बनाउने तयारी गरिरहेको छ । यसअघि मंगलबार दैनिकीले एमालेले ‘जबज छोडेको शंकरको संकेत, विधान महाधिवेशनको नाराबाट जबज र एमाले दुबै हरायो’ शीर्षकमा समाचार प्रकाशित गरिसकेको छ ।
पार्टी अध्यक्ष ओलीलाई अग्लो बनाउने नाममा एमालेले विगतको अभ्यास र परम्परामा क्रमभंगता गर्दै अघि बढीरहेको छ । पुष्पलाल, मदन र मनमोहनको तस्बिर गायब बनाएर ‘बा’ ब्राण्डिङलाई थप समृद्ध बनाउन लागेको भनेर बिरोध भएपछि एमालेले जबज गायव पारेर नयाँ ट्रायल गर्न खोजेको छ । विधान महाधिवेशनका लागि प्रचार विभागको नाममा प्रकाशित पोस्टरमा ओलीको ठूलो तस्बिर राखेर ‘बा’ ब्राण्डिङ मजबुद बनेको सन्देश एमालेले प्रवाह गरिएको छ ।

ओली बाहेकको तस्बिर प्रयोगमा निषेध गर्ने निर्णय दुई वर्ष अघि भए पनि सुरूमा कार्यान्वयनमा नजादै विवादित बनेको थियो । सुरूमै कर्णाली प्रदेशको प्रचार विभागले त्यसको उल्लघन गरेको थियो । त्यस समयमा निर्णयको चर्को आलोचना भएपछि प्रधानमन्त्रीको मुख्य सल्लाहकार समेत रहुन भएको एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो फेसबुक मार्फत जारी गरेको उर्दीमा पनि अध्यक्ष बाहेकको कसैको फोटो नराख्ने भन्ने निर्णयमा तीन नेताको बाहेक भनेर फेसबुकको पोष्टमै संशोधन राख्नुभयो । अहिले पनि विधान महाधिवेशनको मुखमा एमालेले फेरि अर्को ट्रायल सुरू गरेको छ ।
पार्टीभित्र ‘बा’ ब्राण्डिङको अभियानमा तत्काल कमिटीले अबरोध सिर्जना गरेपछि युट्युब च्यानलमा ‘केपी बा’ नामको एकाउन्ट खोलेर र कान्तिपुर दैनिकमा मासिक दुईवटा लेख केपी शर्मा ओलीको नाममा प्रकाशित गरेर ब्राण्डिङ प्रयास गरिएको थियो । त्यो पछिल्लो ८ महिनादेखि स्थगित गरिएको छ । भने ओलीको विचार मजबुद बनाउन भन्दै केही साताअघि अन्नपूर्णपोस्ट मार्फत नयाँ अभियान सुरू गरिएको छ ।
यो पनि पढ्नुहोस्
एमालेले जबज छोडेको शंकरको संकेत, विधान महाधिवेशनको नाराबाट जबज र एमाले दुबै हरायो
‘बा’ ब्राण्डिङमा एमालेको छलाङ, ओलीलाई अग्लो देखाउन पुष्पलाल, मदन र मनमोहन गायब
‘बा’ ब्रान्डिङमा रहेको एमालेले हटायो ७० वर्षको उमेर हद
‘अध्यक्षको ब्राण्डिङ’मा एमालेको अर्को पाइला, कार्यक्रममा ओलीबाहेकको फोटो प्रयोग गर्न प्रतिबन्ध
ओली ब्राण्डिङमा रिमालको थप व्याख्याः निर्धारित पद्दतिलाई अनुशरण गर्ने एमालेको पहिचान हो
ओली ब्राण्डिङमा एमाले कर्णालीको धावा, ओलीको तस्बिरबिनै प्रचार विभागको कार्यक्रम
एमाले केन्द्रीय कमिटी आजदेखि, ‘बा’ ब्राण्डिङ छाडेर ‘कार्यकर्ता आधारित पार्टी’ बनाउने
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार ११:३१







