७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एनआरएनएद्धारा नेपाली सामुदायिक केन्द्रलाई सहयोग हस्तान्तरण

पर्थ । एनआरएनए पश्चिम अष्ट्रेलियाले पर्थमा निर्माण भैरहेको पर्थ नेपाली मन्दिर र सामुदायिक केन्द्रलाई १२,००० अस्ट्रेलियन डलरको चेक हस्तान्तरण गरेको छ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलिया संयोजक शेखर घिमिरेले एक समारोह बिच चेक हस्तान्तर केन्द्रका अध्यक्ष राजेश बुढाथोकीलाई हस्तान्तरण गरेका  छन् ।

मुख्य पर्थ शहरबाट ३२ किलोमिटर पर आर्माडेलमा गत बर्ष १.३८ हेक्टर जमिन खरिदका गरेर शुरु गरिएको नेपाली मन्दिर तथा सामुदायिक भवन निर्माण कार्यले यस सहयोगले थप गति लिने संयोजक घिमिरेले बताए ।

घिमिरेले एनआरएनए अष्ट्रेलियाले साधारण सदस्य संग यस्तै विभिन्न राज्यहरुमा निर्माणको क्रममा रहेका नेपाली सामुदायिक भवनहरुलाई सहयोग गर्न उठाएको अष्ट्रेलियन डलर पाच सबै राज्यहरुमा सम्वन्धित संस्थाहरुलाई हस्तान्तरण गर्ने बताए ।

कार्यक्रममा २०१२मा पश्चिम अष्ट्रेलियामा नेपाली मन्दिर सहित सामुदायिक भवनको आवश्यकता महशुस गरेर शुरु गरिएको अभियानले मुर्तरुप पाउन क्रम तिब्र रुपमा बढेको बताउदै  एनआरएनए सहित यसका सहयोगीहरुलाई केन्द्रका अध्यक्ष बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : August 27, 2025 at 7:01 am