चाइना एक्जिम बैंकको नेपाली एजेन्ट बन्यो सानिमा बैंक
६ भदाै, काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) चाइना एक्जिम बैंक बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण÷मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियूक्त गरेको छ ।
(सीईएक्सआइएम बैंकको चिनको सिचुहान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र सीईएक्सआइएमबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र (सीईएक्सआइएमको तर्फबाट सिचुहान शाखाकी उपाध्यक्ष वू यान्हुईले हस्ताक्षर गरेका छन् ।
उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, सीईएक्सआइएम बैंक सिचुहान शाखाका अध्यक्ष चेन सेन्ग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआओ बिनसमेतको उपस्थिति रहेको थियो । सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे ।
एक्जिम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
एक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।
प्रकाशित मिति : 14:42









