५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

एडिलेडमा अगष्ट २२मा ‘तीज धमाका ´, प्रवेश निःशुल्क

एडिलेड, अष्ट्रेलिया – आगामी २२ अगस्ट शुक्रबारका वुडभिल टाउन हलमा भव्य तिज कार्यक्रम ‘तीज धमाका ´हुने भएको छ। गिरिश इभेन्ट्स एंटरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम निःशुल्क प्रवेश सहित आयोजना गरिनेछ।

कार्यक्रममा चर्चित नेपाली गायक खेम सेनचुरी, गायिकाहरु सुनिता बुढा क्षेत्रीजानुका तामाङका साथमा नृत्य प्रस्तुतिका लागि स्वोस्तिका खत्रीआशिका राईको विशेष प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषण शवा डीसीप्रेरणा ढुंगानाले गर्नेछन्।

नेपाली संगीत क्षेत्रका चर्चित गायक खेम सेनचुरी, प्रतिभाशाली गायिका सुनिता बुढा क्षेत्री र जानुका तामाङको योगदान नेपाली सांगीतिक परिदृश्यमा उल्लेखनीय छ। तिनीहरूका गीतहरूले मधुर स्वर, भावनात्मक अभिव्यक्ति र सांस्कृतिक संगीतको संयोजन गरेर श्रोताहरूको मन जित्न सफल भएका छन्।

खेम सेनचुरी, सुनिता बुढा क्षेत्री र जानुका तामाङ नेपाली संगीतका महत्त्वपूर्ण व्यक्तित्व हुन्। तिनीहरूका गीतहरूले नेपाली संस्कृति, प्रेम, विछोड र जीवनका विभिन्न पक्षहरूलाई सुमधुर रूपमा प्रस्तुत गरेका छन्।

यस कार्यक्रमका मुख्य प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन रहेको छ ।

आयोजक गरिश इभेन्टका निर्देशक गगन गिरीले कार्यक्रम नेपाली समुदायलाई एकै ठाँउमा भेला गराउने उद्देश्यले आयोजना गरिएको बताए ।

प्रकाशित मिति : August 19, 2025 at 3:48 pm