२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा पन्त नियुक्त

२ भदौ, काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त हुनुभएको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई संस्थापक सेयरधनीका तर्फबाट नियुक्त गर्ने निर्णय गरेको हो ।

पन्तले सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको सपथ समेत लिइसक्नुभएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ११:१५