२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

अगष्ट ९ बाट एडिलेडमा तिज शुरु हुदै, पाठशाला देखी विद्यालय सम्म

एडिलेड । नेपाली समुदायको संख्या बढे संगै प्रवासका विभिन्न शहरहरुमा तिज पर्व भव्य रुपमा मनाउन थालिएको छ । तिजको दर खाने परम्परा तिजको अधिल्लो रात भए पनि अगाडि देखि नै खाने चलनले गर्दा तिज भन्दा झण्डै एक महिना अगाडि बाटै प्रवासमा रहेका संघ संस्थाहरुले नेपालबाट कलाकार निमन्त्रणा गरेर समेत गर्न थालेका छन् । सौजन्यकर्ताहरुको सहयोगमा चर्चित कलाकारहरुको प्रस्तुति रहेका कार्यक्रमहरु समेतमा प्रवेश नि शुल्क हुन थालेका छन् ।

यसै क्रममा साउथ अष्ट्रेलियाको एडिलेडमा अगष्ट ९ शनिवार मा नेपाली पाठशालाले तिज गर्ने भएको छ । स्थानिय सेन्टसोसेफ स्कुल, हेक्टरभिलमा साझ ५ बजेबाट कार्यक्रम शुरु हुने पाठशालाका प्रचार्य चन्द्र मणी पाण्डेले बताए । उनले चेलिबेटीहरुलाई नेपाली मौलिक गित संगितको साथमा नेपाली परिकारको समेत व्यवस्था गरिएको बताए ।

यसैगरी १४ अगस्ट थ्रिकेजी इभेन्टको आयोजनामा एभरेष्ट इभेन्ट सेन्टर, म्यारियन रोडमा साँझ ५:३० बाट नाच गान सहितको तिज हुदैछ । जसमा कलाकारहरु प्रिति आले, खुमन अधिकारी सहित नेपालबाट कलाकारहरु आउने थ्रिकेजी इभेन्टका निर्देशक खुम घलेले बताए ।

यसै गरि २२ अगष्ट तारिखमा उड्भिल टाउन हलमा गरिश इभेन्टको आयोजना तिज कार्यक्रम हुने इभेन्टका निर्देशक गगन गिरीले बताए । उक्त कार्यक्रममा खेम सेन्चुरी, सुनिता क्षेत्री लगायतका कलाकारहरु उपस्थित हुने गिरीले बताए ।

भने २३ अगष्टमा एभरेष्ट इभेन्ट सेन्टर, म्यारियन रोडमा साँझ ५:०० बाट नाच गान सहितको तिज हुदैछ । एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीका अनुसार एभरेष्ट रेष्टुरेन्टको तेस्रो बार्षिक उपलक्ष्य समेतमा हुने तिजमा दरको व्यवस्था समेत गरिएको छ ।

तिथि अनुसार यस बर्ष तिज २६ अगष्टमा परेको छ । सो दिनमा विगत बर्षहरुमा झै यस बर्ष पनि एडिलेड नेपाली समाजको आयोजना पुजाका लागी जग्गे समेत निर्माण गरेर कोसग्रोभ हल , क्लोभेली पार्कमा तिज मनाईने समाजका अध्यक्ष श्याम दहालले बताए । चेलीबेटीहरुलाई भगवान शिव को ब्राह्मणबाट पुजा गराएर  नेपाली मौलिक गितमा नाचगान सहित साकाहारी भोजनको समेत व्यवस्था गरिएको दहालले बताए । नेपालकै झल्को दिने गरि हुने उक्त पुजा सहितको कार्यक्रम दिनको २ बजेबाट शुरु हुने जनाईएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार ०६:३५