१४ फाल्गुन २०८२, बिहीबार | Fri Feb 27 2026

कुलिङ पिरियडको गडबडीसम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाइयो

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रतिवेदन बुझाउनुभएको संसद् सचिवालयले जनाएको छ ।

सोमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको थियो । समितिले आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १३:३५