एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त
१३ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त हुनुभएको छ । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
यसअघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा उहाँलाई नियुक्त गरिएको कम्पनी सचिव सुरेश चापागाईले बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १२:२३












