११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेपाली चलचित्र ‘अञ्जिला’ एडिलेडमा प्रदर्शन हुँदै, जुलाई ३० मा विशेष शो

एडिलेड । सत्य घटनामा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ एडिलेडमा प्रदर्शन हुने भएको छ। चलचित्र आगामी जुलाई ३० तारिख, बुधबार द रिगल थिएटर, केन्सिङ्टन पार्कमा साँझ ५:३० देखि ९:०० बजेसम्म प्रदर्शन हुने भएको छ ।

चलचित्रको निर्देशन मिलन चाम्सले गरेका छन् भने निर्माता प्रेम कुमार श्रेष्ठ हुन्। चलचित्रले नेपाली महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो लिम्बु जीवनमा आधारित प्रेरणादायी कथा प्रस्तुत गर्ने बताइएको छ। चलचित्रमा दया हाङ राई, सुनिल थापा, मालिका महर्जन, माओत्से गुरुङको मुख्य भुमिका रहेको छ ।

मुख्य भूमिकामा देखिने अञ्जिलाको फुटबल मैदानमा संघर्ष, पारिवारिक परिस्थिति र सपनाको पछाडि लाग्दाको कथा चलचित्रको मूल केन्द्रमा रहेको छ ।

एडिलेडमा आयोजना हुने यस विशेष शोको मुख्य प्रायोजक ग्रेस ईन्टरनेशल रहेको छ भने एडिलेड शो जे एण्ड बी ईन्टरटेन्मेनले प्रदर्शन गर्न लागको हो ।

यो चलचित्र नेपाली कला, संस्कृति र खेलप्रतिको समर्पण झल्काउने सशक्त प्रस्तुति हुने विश्वास गरिएको छ।

 

प्रकाशित मिति : July 28, 2025 at 4:12 pm