८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

११ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि बीच भएको सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका देशका विभिन्न ठाउँमा रहेका शाखाबाट सेवा लिंदा १० प्रतिशत छूट पाउनेछन्

ग्राहकले नक्साल, महाराजगंज र हेटौंडास्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, हेटौंडास्थित गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेको हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखामा समेत छुट पाउनेछन्।

छुट सुविधा लिन ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबाइल बैंकिंग एपमार्फत भुक्तानी गर्नुपर्नेछ। लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : July 27, 2025 at 1:01 pm