हिमालयन बैंकको एफपीओ कहिले हुन्छ बाँडफाँड ?
८ साउन, काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ अर्को सातामात्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले बैंकको एफपीओ अर्को साता मात्र बाँडफाँड हुने जनाएको छ ।
बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । अन्तिम दिनसम्ममा एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४।४२ गुणाले बढी आवेदन हो ।
एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् भने ८ लाख ६३ हजार ९१९ जनाको हात खाली हुनेछ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो।
प्रकाशित मिति : July 24, 2025 at 2:46 pm









