७ असार २०८३, आइतबार | Sun Jun 21 2026

फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

८ साउन, काठमाडौं। फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ । काठमाडौं महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन ।  उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रकाशित मिति : July 24, 2025 at 1:16 pm